मलाई एक घण्टा भए पनि निलम्बन गरियोस् : घनश्याम भुसाल
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।
बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।
भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताए ।
आफूले किन संसदीय मर्यादा नाघ्नुपर्यो भन्ने पनि भुसालले स्पष्ट पारेका छन् । भुसाल भन्छन्, ‘मैले धेरै कमरेडहरुलाई भनेको छु, म फेरि यो पार्टीको मामला मिलिसकेपछि पार्टीमा त म आफैले, मेरो प्रस्ताव छ, कम्तिमा एक दिन भए पनि म अनुपस्थित भएको छु, राष्ट्रपतिकोमा गएको छु, म अदालत गएको छु, यसवापत मलाई एकदिन भए पनि एक घण्टा भए पनि निलम्बन गरियोस् ।’
केपी ओलीले गरेको गल्तीका कारण ओलीको आदेश उल्लंघन गर्नुपरेको भुसालले स्पष्ट पारेका छन् । एमाले नेता भुसाल भन्छन्, ‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल पार्ने डिजाइनलाई असफल पार्नका लागि कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्ने ठाउँमा पुग्यौँ ।’
हेर्नुहोस् भिडियो वार्ता :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण