कलाकारले हेलम्बुका बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने
गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ पक्की घर बनाइदिने घोषणा गरेको हो । त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारले जनाएका छन् ।
गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिश्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेकोे करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए । मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहित घरवास बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण