निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : ईश्वर पोखरेल
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो ।
गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।” उनले पार्टीभित्रको खराब आचरण भएका तत्वहरूलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।
बागमती प्रदेशसभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गरे । काठमाडौँ महानगरपालिका–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायत विभिन्न पार्टीबाट आएका करिब ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कामनपा–४ का अध्यक्ष मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण