जसपाको भाग्यको फैसला : यस्तो देखियो निर्वाचन आयोगमा
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आज निर्णय गर्दैछ । यति बेला आयोगमा केन्द्रीय कार्यकारिणी सदस्यहरू सनाखत भइरहेको छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुङ्ग्याउन लागेको छ ।
सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरूपण नहुँदा जसपाको औपचारिक विभाजन रोकिएको छ ।

योबीचमा दुवै पक्षले एक अर्कालाई गरेका कारबाही निर्वाचन आयोगले विधि–विधानसम्मत नभएको भनेपछि निष्प्रभावी भएका थिए । जसपालाई एकताको अवस्थामा पुर्याएर आयोगले मिलेर आउन आग्रह गरे पनि सँगै बस्न सक्ने परिस्थिति नभएको भन्दै दुवै पक्षले पार्टी आधिकारिकता माथि दाबी माग गरे ।
सोही अनुसार आज आयोगले पार्टीको कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरे आधिकारिकता टुङ्ग्याउँदै छ । यति बेला कार्यकारिणी र संसदीय दलमा पनि यादव पक्षको प्रस्ट बहुमत देखिएको छ ।
तस्बिरमा हेर्नुहोस् निर्वाचन आयोगको दृश्य:









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
