नेप्सेमा ८.२४ अंकको करेक्सन, कारोबार रकम भने उस्तै
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ८.२४ अंकको करेक्सन आएको छ । केही दिनयता क्रमिक रुपमा उकालो यात्रामा रहेको नेप्सेमा सोमबार ८.२४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत २.९३ अंकले घटेर ५७१.१० विन्दुमा झर्न पुगेको छ ।
गत आइतबार एकैदिन नेप्से परिसूचक अधिकतम ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार यसदिन बैंकिङ्ग, विकास बैंक, म्युचुअल फण्ड तथा इन्भेष्टमेन्ट समूह बाहेकका सबैजसो समूहहरु पोजेटिभ हुँदा पनि बजार ८ अंक माथिले गिरावट आएको हो । यद्यपि गत आइतबारको तुलनामा कारोबार रकममा भने खासै गिरावट आएको छैन ।
नेप्सेका अनुसार यसदिन कुल २२३ कम्पनीका ३ करोड ७० लाख कित्ता माथिको सेयर १ लाख ३७ हजार बढी पटक किनबेच हुँदा कुल १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । जबकि गत आइतबार एकैदिन ५४ अंक माथिले नेप्से बढ्दा कुल १४ अर्ब २३ करोड २४ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण