छठको उल्लास: अस्ताउँदै गरेको सूर्यको यसरी गरियो पूजा (फोटो फिचरसहित)
काठमाडौं– तराईबासी हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड छठको मुख्य दिन विहीबार अस्ताउँदै गरेको सूर्यको पूजा आरधना गरेका छन् ।
छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टीमा अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको पर्व हो ।
तराईका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धुमधामका पूजा आरधना भइरहेको छ । ब्रतालु महिलाहरु खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएका छन् ।
धार्मिक पौराणिकग्रन्थमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
राष्ट्रपतिबाट छठपूजा
छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी पुगी छठी माईको पुजा अर्चना गरिन् । राजधानी काठमाण्डौमा रहेका तराई मधेसबासीले पनि राजधानी स्थित नजिककैको बागमती, विष्णुमति लगायतका नदी किनारमा गई सूर्यलाई अर्घ दिइ निष्ठा पुर्वक छठपूजा गरेका छन् ।
मिथिलाञ्चलको विशेष पर्वको रुपमा मानिदै आएको छठ पछिल्लो समय राजधानी लगायत जिल्लामा पनि मनाउन थालिएपछि सबै तिर छठको रौनक बढेको छ । श्रद्धालु भक्तजनले सुर्यलाई अर्घ चढाउने क्रममा ठकुवा, कसार, केरा, उखु, भोगटे, मेवामिष्ठान आदी प्रसादको रुपमा चढाएका छन् । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको प्रतिक मानिन्छ ।
छठ पुजाका लागि बुधबार देखि नै राजधानीको बागमती किनार, विष्णुमति किनार,कमलपोखरी, गौरीघाट,गहना पोखरी लगायत स्थानमा घाट सिंगार्ने काम गरिएको थियो । नेपालको विशेष रुपले तराई—मधेश क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय राजधानी काठमाण्डौमा पनि भव्य रुपमा मनाउन थालिएको छ । त्यसैले पनि पछिल्लो समय राजधानीका नदी किनारामा छठको पुजा गर्न जाने ब्रतालुको संख्या बढ्न थालेको छ ।
राजधानी बाहिर जनकपुरको गंगासागर, धनुष सागर, दशरथ तलाउ, अर्गजा पोखरी, वीरगन्जको घडीअर्वा पोखरी लगायतका विभिन्न जलाशयमा पनि विधिपूर्वक अस्ताउदो सूर्यलाई अघ्र्य दिइ छठपुजा गरिएको छ । शुक्रबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि यस ब्रत विधिवत रुपमा सम्पन्न हुन्छ ।
यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने गर्दछन् ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ ।
धनुषामा विहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई यसरी पूजा आरधना गरिएको थियो ।












तस्विरः अमरेन्द्रकुमार यादव/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण