सुवास नेम्वाङलाई माधवको जवाफ : म पोजेटिभ छु
एमाले कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्नेबारे वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छलफल भएको छ । नेता नेपालको निवास कोटेश्वरमा डेढ घण्टा भएको छलफलमा नेता सुवास नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए । तर नेम्वाङको आग्रहमा नेता नेपालले ठोस जवाफ दिएनन् ।
‘पार्टी एकताकै बारेमा लामो कुराकानी भयो । मैले कार्यदलको प्रस्तावबारे बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेँ’ नेपालसँगको भेटपछि नेम्वाङले रातोपाटीसँग भने, ‘उहाँले पोजेटिभ छु भन्नुभयो ।’
भेटमा नेम्वाङले आफुले कार्यदलको १० बुँदे प्रस्तावको जगमा उभिएर एकता जोगाउन आग्रह गरेको बताए । नेम्वाङको आग्रहपछि नेता नेपालले पार्टीमा समस्या आउनुको लामो कारण सुनाएका थिए । यसअघि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका थिए । तर, त्यही बीचमा ओलीले नेपाल पक्षलाई माफी दिने र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि वातावरण बिथोलिएको थियो ।
यसअघि प्रतिवेदन बुझ्दै नेता नेपालले नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । बिहीबार नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण