सर्वोच्चमा नयाँ रिटपछि ठाकुर पक्षको बैठक
महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । गत साउन ११ गते जसपामा भएको हेडकाउन्टपछि निर्वाचन आयोगले बहुमतका आधारमा उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको थियो । आयोगको उक्त निर्णयको खारेजीको माग गर्दै ठाकुर पक्षले आज सर्वोच्चमा रिट दायर गरेको हो । यसअघि हेडकाउन्ट गर्न निर्वाचन आयोगले दिएको आदेशलाई रोक्न रिट दायर गरिएको थियो । उक्त रिटको फैसला नआइ अर्को दायर गरिएको हो ।
ठाकुरले आजै आफ्नो पक्षका कार्यकारिणी सदस्यको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी नेपालको सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्चमा दायर रिट, नयाँ पार्टी गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । बबरमहल पार्टी कार्यालयमा एक बजेका लागि बैठक बोलाइएको भए पनि अझै सुरु हुन सकेको छैन । ठाकुरको पक्षबाट दायर गरिएको रिटमाथि अदालतमा बहस भएको कारण बैठकमा ढिलाइ भएको हो ।
यादवले जसपाको आधिकारिकता प्राप्त गरिसकेपछि ठाकुर पक्ष अब के गर्ने भन्ने विषयमा अलमलमा छ । ठाकुर पक्षले कानुन व्यवसायीसँग सल्लाह लिने काम पनि गरिरहेको छ । जसपाको अधिकारिकता यादव पक्षसँग भएपनि ठाकुरलाई पक्षलाई पार्टीबाट निष्काशन नगरेको कानुन व्यवसायीहरुले सुझाव दिएका छन् । विपक्षमा मतदान गरेको कारण निर्वाचन आयोगले उनीहरुलाई अर्को पार्टी दर्ता गर्न भनेपनि उनीहरु अब जसपा छैन भनेर आदेशमा स्पष्ट उल्लेख नभएको उनीहरुको भनाइ छ ।
दल दर्ता प्रकृयामा जाने बित्तिकै संसद पद जाने देखेर तत्कालै दल दर्ता प्रकृयामा ठाकुर पक्ष जान सकेको छैन । राजेन्द्र महतोले आफ्नो पक्षका सांसदलाई संलग्न गराइ नयाँ पार्टी दर्ता गराउन नहुने सुझाव दिएका छन् । दल दर्तामा संलग्न नभएपछि संसद पद नजाने उनको बुझाइ रहेको र उनले पार्टीमा पनि त्यही कुराको प्रस्ताव राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

