कर्णालीमा कोरोना : थप ७० जनामा संक्रमण
शुक्रबार, १५ साउन २०७८, १९ : १४
कर्णाली प्रदेशमा शुक्रबार ७० जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ५७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ जना र ४२७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार १९० पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी कालिकोट र सुर्खेतमा १७÷१७ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख र मुगुमा ९÷९, रुकुम पश्चिममा ७, जुम्लामा ५, सल्यानमा २ जाजरकोटमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै ८० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । अब सक्रिय संक्रमितको संख्या ६८० रहेको छ । शुक्रबार कोरोनाबाट कर्णालीमा कसैले पनि ज्यान गुमाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण