कोभिड खोप सबैलाई दिने घोषणा पूरा गर्न देउवालाई माधव नेपालको आग्रह
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले कोरोनाको तेश्रो भेरियन्ट आउन लागेकोले सबैलाई सचेत हुन आग्रह समेत गरे ।
कोरोनाले अर्थतन्त्र ठप्प पारेको, जनजीवन ठप्प पारेको बताउँदै नेता नेपालले रोग र भोकले जनता ग्रसित भएको उल्लेख गरे । उनले भने– ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले सबैलाई खोप दिने घोषणा गर्नुभएको छ । तर घोषणा गरे मात्र आनन्दित नबन्नुहोस् । उनले ठूला ठूला कुरा गर्ने तर कार्यान्वन नगर्ने नेताहरुको बानी बिग्रिएको उल्लेख गरे । बचन दिने तर पूरा नगर्ने नेताहरुको प्रवृति रहेको भन्दै उनले प्रधानमन्त्री देउवाबाट त्यो नदोहोरियोस् भन्दै सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण