प्रहरीका ६१ अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
आइतबार, १७ साउन २०७८, १७ : ३४
प्रहरीका ६१ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई सुशोभन गरेका हुन् । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरुङ लगायतका अधिकृतहरु सुशोभित भएका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण