इरानले ट्यांकर जहाजमाथि आक्रमण गरेको अमेरिका र बेलायतको आरोप, जवाफ फर्काउने चेतावनी
दुई जनाले ज्यान गुमाउने गरी ट्यांकर जहाजमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका र बेलायतले आरोप लगाएको छ । यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बताउँदै दुई देशले जवाफ दिने चेतावनीसमेत दिएको छ ।
इजरायली कम्पनीले सञ्चालन गर्ने एमभी मर्सर स्ट्रिट नामक ट्यांकर जहाजमाथि बिहीबार ओमननजिक हमला भएको थियो । उक्त घटनामा एक बेलायती र रोमेनियन नागरिकले ज्यान गुमाएका थिए ।
घटनापछि इजरायलका प्रधानमन्त्री नफताली बेनेटले यस घटनामा इरानको संलग्नता रहेको ‘प्रमाण’ रहेको दाबी गरेका थिए । उनले इरानलाई आफ्नो तरिकाले जवाफ दिने चेतावनी पनि दिए । तेहरानले भने सबै आरोपहरुको खण्डन गरेको छ ।
ट्यांकर जहाजमाथिको आक्रमणलाई पछिल्लो समय इजरायल र इरानबीचको तनावको शृङ्खलाको रुपमा हेरिएको छ । गत मार्च महिना यता इजरायली र इरानी जहाजमा शृङ्खलाबद्ध हमलाहरु भएका छन् । यस्ता हमलामा कसैले ज्यान गुमाएको घटना भने थिएन । इरानले इजरायलमाथि आफ्ना परमाणु क्षेत्र र वैज्ञानिकहरुमाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण