हनी सिंहमाथि पत्नीले लगाइन् घरेलु हिंसाको आरोप
र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन् । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गरेकी हुन् । उनले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।
अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ । जसमा हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट मुद्दा दायर गरेका थिए ।
हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो । सन् २०१४ मा इन्डियाज रकस्टार नामक रियालिटी शोमा हनी सिंहले आफ्नो पत्नीलाई सबैलाई चिनाएका थिए । तलवारले हनी सिंहमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण