ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्न प्रस्ताव
यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम गर्ने निकाय फरक फरक भएकोले सडकमा सवारी व्यवस्थापनमा तालमेल नमिलेको बताए ।
उनले ऐनमा सडकमा सवारी व्यवस्थापनका लागि यातायात निरिक्षक राख्नुपर्ने व्यवस्था रहेको बताउँदै ऐनको कार्यान्वयन हुन नसकेको बताए । उनले भारतमा यातायात निरीक्षकले नै सडकमा सवारीको व्यवस्थापन गर्ने गरेको र सो काम प्रभावकारी भएको उदाहरण समेत पेश गरे । नेपालमा पनि यातायात निरिक्षक नियुक्ति कसरी गर्ने सो बारेमा गृहकार्य हुनुपर्नेमा जोड दिए ।
उनले भने– ‘समग्र सावारी तथा यातायात क्षेत्रको काम गर्ने एउटा निकाय छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी भने अर्कै निकायले पाएको छ । कि ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्नुपर्यो कि ऐनमा व्यवस्था भए अनुसार यातायात निरीक्षकको व्यवस्था गर्नुपर्यो । यातायातको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापन गरिरहेको फरक निकाय ट्राफिक प्रहरीसँग समन्वयको समस्या छ ।’
समितिले स्मार्ट सवारी चालक अनुमति पत्र र विभागले सुरु गरेको इम्बोस्ड नम्बरको व्यवस्थापनका बारेमा गरेको छलफलमा विभागका महानिर्देशक घिमिरेले ६ लाख सम्राट लाइसेन्स छपाई हुन बाँकी बताए । उनले छपाई मेसिन र स्मार्ट कार्डमा सफ्टवेयर बिच तालमेल मिलाउने प्राविधिक प्रक्रियामा समस्या भएका कारण लाइसेन्स छपाइको काम रोकिएको बताए । प्राविधिक रुपमा केही सुधार भएको र पूर्ण सुधार भएको अवस्थामा करिब १ महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स छपाई सम्पन्न हुने जानकारी गराए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण