जलविद्युत क्षेत्र चम्किँदा नेप्सेमा उछाल, परिसूचक ३१ सय २३ विन्दुमा पुग्यो
पछिल्लो समय जलविद्युत क्षेत्र चम्किदा सेयर बजारमा उछाल आएको छ । गत मंगलबार २६.०२ अंकले बढेर ३१ सय ११ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले बुधबार थप १२.०५ अंकले बढेर ३१ सय २३.१४ बिन्दु कायम गर्न सफल भएको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन पनि जलविद्युत क्षेत्रमा पोजेटिभ भाइव आएसँगै सेयर बजारमा साढे १५ अर्ब माथिको कारोबार भएको छ । यस दिन १२ अंक माथिले बढेको बजारमा २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ४४ हजार पटक माथि किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन हाइड्रोपावर (जलविद्युत) क्षेत्रको मात्र अधिकतम ५.८१ प्रतिशतले मूल्य बृद्धि भएको छ । यस्तै, बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूह यस दिन धनात्मक भएका छन् भने, व्यापार, होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु नेगेटिभ भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण