अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए
बिहीबार, २१ साउन २०७८, १४ : ५५

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् ।
विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । लडाकुको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।
अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकुका बीचमा झडप तथा भीडन्त हुने गरेको छ । अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित