सर्वोत्तम सेयर प्रकरण : अर्थले माग्यो नेप्सेसँग ओटीसी विवरण
धितोपत्र बजारमा गलत तरिकाले सेयर कारोबार भएको प्रकरणमा अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ओटीसी विवरण माग गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको साधारण सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर चलखेल गर्दै नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकालले चलखेल गरेको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयले छानविन शुरु गरेको हो ।
यसअघि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग अर्थमन्त्रालयले समाचार बारे स्पष्टिकरण सोधिसकेको छ । विवाह गरेर गाइसकेकी छोरीले खरिद गरेको सेयरमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पार्दै अध्यक्ष ढुंगानाले त्यसमा आफुलाई जोडेर हेर्नुपर्ने कुनै कारण नभएको र एकाघरको भन्न पनि नमिल्ने जवाफ पठाएका छन् ।
तर, उक्त जवाफ चित्त बुझ्दो नभएपछि अर्थमन्त्रालयले थप छानविनका लागि शुक्रबार नेप्सेसँग कम्पनीको सेयर कारोबार विवरण (ओटीसी) मगाएको हो । बजारमा सर्वोत्तम सिमेन्टको कुल ६० लाख कित्तामध्ये ११ हजार ९१२ कित्ता सेयर अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा, १ लाख १९ हजार ११७ कित्ता सेयर उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफै सहोदर भाइ हेमराज ढकालको नाममा र १० हजार कित्ता सेयर नेप्सेका अध्यक्ष चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुशीलाकुमारी बोहराको नाममा भित्री चलखेलका आधारमा खरिद गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण