ब्रालेट टपमा दिशाको बोल्ड अवतार
बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक, फेसन सेन्स र फिटनेसका कारण प्रायः चर्चामा रहन्छिन् । उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् ।

पटानी नयाँ इभेन्टमा निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । प्रायः उनको आउटफिट निकै चर्चामा रहन्छन् । यस इभेन्टमा पटानीले ब्राउन कलरको पेन्ट र वाइन कलरको ब्रालेट टप लगाएकी थिइन् । डिप यु कट नेकलाइनलावा क्रप टपमा पटानी निकै उत्कृष्ट देखिएकी थिइन् । उनले ब्राउन लेदर पेन्ट लगाएकी थिइन् । यो आउटफिटमा उनी निकै सुन्दर देखिइन् ।

यस आउटफिटमा उनको मेकअप निकै सुहाएको थियो । उनले अनुहारमा फाउन्डेशन र कन्सीलरको परफेक्ट बेस बनाएकी थिइन् । दिशाले गोल्डेन र ब्राउन कलरको डबल स्याड आई मेकअप गरेकी थिइन् । ब्ल्याक लाईनर र मस्कारा लगाएर यी अभिनेत्रीले आफ्नो मेकअप पूरा गरेकी छिन् । दिशाले गालामा पिंक ब्लशर लगाएकी छिन् । लाईट पिंक लिपिस्टिक र वेवी हेयरस्टाइलमा यी अभिनेत्री निकै सुन्दर देखिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण