आशिषको गाईजात्रा कोसेली ‘बालकोटको बार्दली’
गाईजात्रालाई हास्य र व्यङ्ग्यको पर्वका रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्यब्यङ्ग्य सामाग्री बजारमा आउने गर्दछन् । यस्तैमा आगामी ७ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको वार्दली’ नामक ब्याङ्ग्यले भरिएको गाईजात्रा कोसेली सार्वजनिक गरेका छन् ।
राजनीतिक,आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’ मा वर्षभरि घटेका बिषयबस्तु जस्ताको तस्तै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । ‘गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती औंल्याउनु हो’ आशिषले थपे ‘त्यहि पेरिफेरीमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’
पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘ बालकोटको बार्दली’ उतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा काम गरेका आशिषको गाइजात्रा कोसेलीमा अर्जुन पौडेलको छायाँकन र प्रवीण श्रेष्ठको सम्पादन छ । करिब १३ मिनेटको भिडियोसहित सार्वजनिक ‘बालकोटको बार्दली’ व्यङ्ग्यात्मक प्रस्तुति दर्शक तथा श्रोताले मन पराउने अपेक्षा आशिषले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण