कर्णालीमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो
शनिबार, २३ साउन २०७८, १८ : १८
कर्णाली प्रदेशमा शनिबार ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ८ सय ८० पुगेको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ । शनिबार १०१ जनामा आरटी–पीसिआर विधिको कोरोना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७९ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको छ ।
शनिबार सबैभन्दा धेरै सुर्खेतमा २७ जना संक्रमित फेला परेका छन् । यस्तै जुम्लामा १३, कालिकोटमा ९, सल्यान र रुकुम पश्चिममा ३/३, मुगु र जाजरकोटमा २/२ तथा हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै शनिबार कोरोना संक्रमणका कारण सुर्खेतमा एक जनाको ज्यान गएसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ३५६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण