श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
सारांश
- श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको बताएको छ ।
- प्रमुख सचेतक आरेन राईले सङ्घीयता खर्चिलो भयो भन्ने तर्कको खण्डन गर्दै यसलाई खारेज गर्ने वा प्रदेश सभाहरू हटाउने बहसप्रति असहमति जनाए ।
- उनले विगतको केन्द्रीकृत शासन प्रणालीका कारण देश पछाडि परेको उल्लेख गर्दै विकासको सन्तुलन र प्रशासनिक सुलभताका लागि प्रदेश संरचना आवश्यक रहेको बताए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको बताएको छ ।
पार्टीको तर्फबाट प्रतिनिधि सभाको बुधबारकाे विशेष समय बोल्दै प्रमुख सचेतक आरेन राईले सङ्घीयता खर्चिलो भयो भन्दै यसलाई खारेज गर्ने वा प्रदेश सभाहरू हटाउने बहसप्रति असहमति प्रकट गरे ।
उनले विगतको केन्द्रीकृत शासन प्रणालीका कारण देश पछाडि परेको उल्लेख गर्दै विकासको सन्तुलन र प्रशासनिक सुलभताका लागि प्रदेश संरचना आवश्यक रहेको बताए ।
‘विगतमा काठमाडौँ आउन चार दिन लाग्ने स्थानमा आज सङ्घीयताकै कारण ९ घण्टामा पुग्न सकिने भएको छ,’ सांसद राईले भने, ‘यस व्यवस्थाले बहुभाषिक, बहुसांस्कृतिक र सीमान्तकृत समुदायको अधिकारलाई सुरक्षित गरेको छ।’
उनले खर्च बढी भयो भन्दैमा नागरिकको अधिकार सङ्कुचित गर्न नहुने र बरु व्यवस्थापकीय सुधार गर्नुपर्ने सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण