अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगरौं : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने बताएका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको बताए ।
आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताउँदै भने वरिष्ठ नेता नेपालले भने, ‘हामीकहाँ पनि अहंकारका प्रवृत्तिहरू देखापरे । सामूहिकताका भावनाहरु हराउन थाले । अरूका ज्ञान अनुभवहरूलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’
वरिष्ठ नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । नेता नेपालले आफूभित्र रहेका त्रुटीहरु स्वीकार गरेर अघि बढने आँट गर्न पनि आग्रह गरे । उनले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुनसक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण