बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

२६ लाखको स्वास्थ्य सामग्री सहयोग

आइतबार, २४ साउन २०७८, १८ : ४९
आइतबार, २४ साउन २०७८

कारितास नेपालले जाजरकोट अस्पताललाई झण्डै २६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताललाई आइतबार उक्त, सामग्री हस्तान्तरण गरिएको हो।

क्याथोलीक रीलीफ सर्भीसको प्राविधिक सहयोगमा कारितास नेपालले जाजरकोटमा “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१” कार्यक्रम अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु उपलव्ध कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्माले बताए ।  

उनले भने ,‘ अक्सिजन सिलिण्डर २० थान, अक्सिजन कन्सन्टेटर १० थान, पल्स अक्सिमिटर ३४ थान, भेन्चुरी फेस मास्क एक सय ४७ थान, पीपीइसेट ४ सय ५० थान, सर्जीकल मास्क, १५ बाकस, सर्जीकल ग्लोभ्स १०० बाकस, ह्याण्ड सेनिटाइजर (५०० मिली)२१० थान हस्तान्तरण गरिएको छ ।’ 
साथै कोभिडबाट प्रभावित वा अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर दुई हजार २ सय बराबर र  जम्मा १२ लाख २५ हजार ४ सय ८५ बराबरको आइसोलेसन समेत उपलब्ध गराइएको उनले बताए।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप