१० वर्षसम्म मदिरा सेवन गर्नेलाई हेपाटाइटिस–सी र कलेजोको क्यान्सरको खतरा
पछिल्लो समय हेपाटाइटिस–सीको संक्रमणबाट पीडित हुनेहरुको संख्या बढ्दै गएको छ । विशेषज्ञहरूले यो संक्रमणले विस्तारै विस्तारै मानिसको मृत्यु गराउने बताएका छन् । यो भाइरसले अन्य थुप्रै रोगहरु निम्त्याउने भएकाले एकदमै खतरनाक मानिन्छ । यसको समयमा नै उपचार गरिएन भने कलेजोको सिरोसिस र क्यान्सरको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् ।
यो संक्रमणबाट पीडित बिरामीहरुको अवस्था बिग्रनुको पछाडिको मुख्य कारक तत्व भनेको नै मदिरा सेवन हो । अनुसन्धानमा प्रमाणित भएअनुसार जो व्यक्ति हरेक दिन ८० एमएलभन्दा बढी मदिरा सेवन गर्छ उसको कलेजोको क्यान्सर हुने सम्भावना ५ गुणा बढी हुन्छ ।
भारतका फोर्टिस क्यान्सर इन्स्टीच्युटको अन्कोलोजी विभागका निर्देशक डा. राजीव बेदीले मदिराले हेपाटाइटिस–सीको संक्रमित व्यक्तिमा हिपेटोस्याल्युलर कार्सिनोमा नामक कलेजोको क्यान्सरको खतरा बढाउँछ ।
भारतको म्याक्स हस्पिटलका अन्कोलोजिस्ट डा. गौतम गोयलका अनुसार पछिल्लो समय भारत लगायत देशहरुमा हेपाटाइटिस–सीको बिरामीको संख्या बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण