तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जनाको अवस्था गम्भीर
सोमबार, २५ साउन २०७८, ११ : २२
सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्ने २७ वर्षीय राजकुमार बिक सामान्य घाइते भएका छन् ।
बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण