एमाले स्थायी कमिटी बैठक सुरु
सोमबार, २५ साउन २०७८, १३ : ००
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ ।
ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै एमाले केन्द्रीय समिति बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरु भने सहभागी नहुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण