झगडा परेपछि श्रीमती नदीमा हामफालिन्, बचाउन खोज्दा श्रीमान पनि बेपत्ता
सोमबार, २५ साउन २०७८, १७ : २१
रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।
आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता भएका हुन् ।
श्रीमान–श्रीमतीबीच झगडा भएपछि श्रीमती त्रिवेणीको पुलबाट हामफालेर उत्तरगंगा नदीमा हामफालेको र उनलाई बचाउन भन्दै नदीमै पसेका श्रीमान पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए । बिहानै देखि स्थानीय र प्रहरीले दम्पतीको खोजीकार्य जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण