हुम्लामा पनि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम
जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ ।
शनिबारदेखि अभियान शुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेका हुन् ।
केही दिन अघिबाट शुरु भएको अभियान निरन्तर रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । सदरमुकाम सिमकोटसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई’ ? अभियान शुरु गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
सदरमुकाम सिमकोटको बजार क्षेत्रमा प्रहरीले दैनिक कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । साउन महिना शुरु भएसँगै हुम्लामा कोभिड–१९ को सङ्क्रमण दर उकालो लागेको छ ।
असार शुरु भएसँगै सङ्क्रमितको सङ्ख्या घट्ने र कोरोनालाई जितेर घर जानेको सङ्ख्या बढ्ने गरेको थियो भने साउन लागेसँगै माथिल्लो हुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनले कोरोना सङ्क्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण