केपी ओलीको टिप्पणी : सरकारको न्यूनतम कार्यक्रम गाली गलौजको पुलिन्दा
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरु विरुद्ध गाली गलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन् । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सरकारको न्युनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो।
असंवैधानिक र अपवित्र नन्दिभृगी जालिझेलीहरुको गठबन्धन हो’ ओलीले टिप्पणी गरे । उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे ।
उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरण लगायतमा झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए ।
उनले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीमै किचलो सुरु भएको पनि ओलीले बताए । काँग्रेसको आन्तरिक विवादतर्फ लक्षित गर्दै उनले भने, ‘किचलो छरपस्ट भएको छ, के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण