६१ अर्बले वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कहाँ जाँदैछ लगानी ?
हालसम्मकै उच्च दरमा वाणिज्य बैंकहरुको निक्षप संकलन घट्न पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात साउनको तेस्रो हप्तासम्ममा अधिकतम ६१ अर्बले बैंकहरुको निक्षेप घट्न पुगेको हो ।
बैंकका अनुसार साउन २२ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् । जबकि गत महिना असार मसान्तसम्ममा बैंकहरुले कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए ।
उक्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको १ गतेदेखि २२ गतेसम्ममा वाणिज्य बैंकहरुले अधिकतम ६१ अर्ब रुपैयाँ निक्षेप गुमाएका हुन् । आर्थिक वर्षको पहिलो महिना साउनको पहिलो हप्तामा अधिकतम ४३ अर्बले गुमेको निक्षेप, दोस्रो हप्तामा ६ अर्बले र तेस्रो हप्ता १२ अर्ब घटेको बैंकर्स संघले जनाएको छ ।
यता, कर्जा लगानी तथा विस्तारतर्फ पनि बैंकहरुको साउनको पहिलो हप्ता १५ अर्बले घटेकोमा दोस्रो हप्ता १० अर्बले र तेस्रो हप्ता अधिकतम १६ अर्बले घटेको संघले जनाएको छ । पहिलो पटक यति ठूलो दरमा बैंकहरुको निक्षेप घटेपछि नेपाल बैंकर्स संघलाई समेत चकित परेको छ ।
नयाँ आर्थिक वर्ष शुरु भएसँगै बैंकको निक्षप घट्नुलाई संघले शंकाको विषयको रुपमा हेरेको छ । यद्यपि, गत वर्षहरुमा पनि साउनमा केही मात्रामा निक्षेप घट्ने गरेतापनि यस पटक अस्वभाविक रुपमा निक्षेप घटेको संघको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण