रुकुम पूर्वमा एक साता थपियो निषेधाज्ञा
सोमबार, २५ साउन २०७८, २१ : ५५
रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ । डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेबाट सकिँदैछ । जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
सोमबार राती १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएको छ । पछिल्लो समय निषेधाज्ञालाई निरन्तरता दिइए पनि पहिलेको भन्दा केही खुकुलो भएको छ । बजारहरु र सार्वजनिक स्थलहरुमा सर्वसाधारणको भिडभाड बढ्दै गएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना कम गर्दा कोरोना संक्रमितको संख्यामा समेत बृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण