करीनाको अर्को छोराको नाम पनि मुगल बादशाहको नामबाट नै
फिल्म स्टार सैफ अली खान र करीना कपूरको दोस्रो सन्तानको नाम पनि मुगल बादशाहको नामबाट नै राखिएको छ ।
उनीहरुको दोस्रो छोराको नाम जहांगीर अली खान राखिएको हो । दोस्रो सन्तानको नाम जहांगीर राखिएको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ । यद्यपि, नाम भने सैफ र करीनाले नै घोषणा गर्नेछन् ।
सैफ र परिवारका एक सदस्यले भारतीय पत्रिका दैनिक भास्करलाई भनेका छन्, ‘ छोरा सैफ र करीनाको हो । उनीहरुको नाम राख्ने अधिकार उनीहरुको नै हो । हामीलाई त पहिलो छोराको नाम तैमुर राख्दा वा दोस्रोको नाम जहांगीर राख्दा कुनै समस्या छैन ।’
उनले अगाडि भनेका छन्, ‘तैमुरको घरको नाम टिमटिम हो । जो निकै नै सुन्दर छ । अर्को छोराको नाम जेह हो । अब नामाकरण गर्दा भने जहांगीर राखिएको छ ।’
को हुन् जहांगीर ?
मुगल बादशाह अकबरका छोरा सलीमको नाम नै जहांगीर थियो । जहांगीर एक पारसी शब्द हो । जसको अर्थ संसारभर राज गर्ने भन्ने बुझिन्छ । जहांगिरको वास्तविक नाम नुर उद दीन मोहम्मद सलीम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण