कर्णालीमा थप १२८ जनामा कोरोना पुष्टि
मङ्गलबार, २६ साउन २०७८, १८ : ५६
कर्णाली प्रदेशमा मंगलबार एकैदिन १२८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
१२७ जनामा आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ५६ र ३२६ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै रुकुमपश्चिममा १८, जुम्लामा १६, कालिकोटमा २१, सल्यानमा ९, मुगुमा ४, दैलेखमा ७, जाजरकोटमा ३ र हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै प्रदेशमा मंगलबार ६१ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ९२६ मा उक्लिएको छ।
प्रदेशमा कोरोना भाइरसको संक्रमणका ज्यान गुमाउनेको संख्या ३५६ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण