कर्णालीमा सक्रिय संक्रमितको संख्या ९३२ पुग्यो
कर्णाली प्रदेशमा संक्रमितको संख्या ९३२ जना पुगेको छ । पछिल्लो दुई सातादेखि प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको ग्राफ बढेसँगै संक्रमितको संख्यामा पनि बृद्धि भएको हो । यस्तै बुधबार कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ र १९७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट ३१ हजार १६५ जना प्रभावित भएका छन् । बुधबार सबैभन्दा धेरै सुर्खेतमा ३८ जनामा कोरोना देखिएको छ । पछिल्लो एक साताको तथ्याङ्क हेर्दा सुर्खेतमा पुनः कोरोना संक्रमण दर बढेको देखिन्छ । यस्तै रुकुम पश्चिममा ८, मुगुमा ५, कालिकोटमा ४, जुम्ला र सल्यानमा २÷२, दैलेखमा ४ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेशमा बुधबार ५९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण