जुम्लामा भालुको आक्रमणमा परी २ जना घाइते
जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । भालुको आक्रमणबाट सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएको जुम्ला प्रहरीले जनाएको छ ।
उनीहरु बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको बताइएको छ ।
भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका ५ कार्किबाडामा पसेको थियो । जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उक्त, भालुको खोजी कार्य भइरहेको छ ।
प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेपनि भालुलाई भेटाउन नसकिएको तथा खलंगा बजारका अरु स्थानीयमाथि पनि आक्रमण गर्न सक्ने भन्दै सतर्क हुन आग्रह गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण