सुर्खेतमा युवा संघले पायो पूर्णता
नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ सुर्खेत कमिटीले पूर्णता पाएको छ । एमालेका केन्द्रीय सचिवालयका सदस्य कमल खड्का (जुनी) को नेतृत्वमा ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । यस्तै कमिटीको वरिष्ठ उपाध्यक्षमा बासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढा, मोहबहादुर रामजाली, समिर शाही र कटकबहादुर शाही रहेका छन् ।
कमिटीको सचिवमा डम्बर राना चयन भएका छन् भने सह सचिवमा मनोजकुमार पाण्डे, कमल राना, लेखनाथ बुढा, दिपेन्द्र थाप, दिपेन्द्र शाही नियुक्त भएका छन् । यस्तै कमिटीको कोषाध्यक्षमा नम्रता कार्की नियुक्त भएकी छन् ।
यस्तै जिल्लाका सबै स्थानी तहमा समेत अध्यक्ष र सचिवको जिम्मेवारी पनि तोकिसकिएको अध्यक्ष खड्काले जानकारी दिए ।
पालिका अन्तर्गत र वीरेन्द्रनगर नगरपालिका कमिटीको अध्यक्षमा रामु खत्री र सचिवमा विजय थापा मगर, गुर्भाकोट नगरपालिका कमिटीको अध्यक्षमा शंकर गुरुङ र सचिवमा छवि नेपाली, लेकबेसी नगर कमिटीमा कसम गाहा र सचिवमा युवराज राना, चिङ्गाड गाउँ कमिटी अध्यक्षमा लालबहादुर चन्द र सचिवमा मोहन राना, पञ्चपुरी नगर कमिटीको अध्यक्षमा भिमराज बुढा र सचिवमा कमल सिजापती नियुक्त भएका छन् ।
यस्तै चाकुने गाउँ कमिटी अध्यक्षमा कर्ण विष्ट र सचिवमा जनक शाही, बराहताल गाउँ कमिटी अध्यक्षमा उमेश गौतम र सचिवमा जगतबाबु अधिकारी, सिम्ता गाउँ कमिटी अध्यक्षमा वीरेन्द्र सिंह र सचिवमा सूर्य रोकाया र भेरिगंगा नगर कमिटी अध्यक्षमा रमेश शर्मा र सचिवमा सन्दीप पुनमगर नियुक्त भएका छन् ।
यतिबेला नेकपा एमालेको केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल गुटबीच विवाद जारी रहेता पनि सुर्खेतमा युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण