न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द रहने
न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द नै रहने भएको छ । प्रधानमन्त्री जाकिन्डा अर्डेनले कम्तिमा आगामी डिसेम्बरसम्म सीमा बन्द रहने बताइन् । उनले देशको अर्थतन्त्र खुला राख्न र कोभिड १९ लाई बाहिरै राख्नका लागि यो रणनीति राम्रो उपाय हुने बताइन् ।
उनले यस वर्षको अन्त्यसम्म सम्पूर्ण जनसंख्यालाई खोप लगाउने प्राथमिकतामा जोड दिइन् । कोरोना भाइरस नियन्त्रण गर्न सफल विश्वका देशहरुमध्ये न्युजिल्यान्डलाई एकका रुपमा हेरिएको छ । अहिलेसम्म यहाँ केवल २६ जनाको मात्रै निधन भएको छ । ‘हामी अहिले पनि पूर्ण रुपमा ख’ला गर्नसक्ने अवस्थामा आइसकेका छैनौं,’ न्युजिल्यान्डको सीमा खोल्दै बाँकी विश्वसँग सम्पर्क स्थापित गर्ने विषयमा अर्डेनले भनिन्, ‘जब हामीले यस्तो कदम चाल्नेछौँ । तब हामी सचेत र प्रतिबद्ध हुनेछौं । किनकी, हामी आत्मविश्वास र सकेसम्म सुनिश्चित भएर अघि बढ्न चाहन्छौं ।’
उनले अगामी वर्ष देशको सीमा खुला हुने र कम जोखिम भएका देशबाट खोप लगाएका यात्रुहरु क्वारेन्टाइन नबसी न्युजिल्यान्ड छिर्नसक्ने आशा व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण