अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते
बिहीबार, २८ साउन २०७८, १४ : २४
सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिए ।
उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण