शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा राति ८ बजेदेखि सवारी निषेध, तस्बिरमा हेरौं

बिहीबार, २८ साउन २०७८, २१ : ५१
बिहीबार, २८ साउन २०७८

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ ।

अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । 

बिहीबार साँझ उपत्यकामा निषेधाज्ञा लागू गरिएपनि केही सवारी साधन दौडिरहेका देखिन्थे भने ट्राफिक प्रहरीहरु सवारी चालकहरुलाई सोधपुछ गरिरहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप