‘जनयुद्धका घाइतेलाई एमाले कार्यालय पठाइदिनु’ भन्ने ओलीलाई माओवादी सांसदको कडा जवाफ
नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभा सदस्य धर्मशीला चापागाईँले डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो ? भन्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेकी छिन् ।
प्रतिनिधिसभामा सम्बोधनका क्रममा ओलीले जनयुद्धका क्रममा घाइते भएकाहरुको उपचार आफू गर्न तयार रहेको भन्दै थापाथलीस्थित पार्टी कार्यालयमा पठाइदिन भनेपछि चापागाईँले ओलीलाई यस्तो प्रश्न गरेकी हुन् । आफूले लिनुपर्ने दायित्व नलिएको तर जनयुद्धका क्रममा घाइतेहरुको उपचार गर्ने अमिल्दो कुरा ओलीले गरेको उनको भनाइ छ ।
प्रतिनिधिसभा बैठकमा उनले भनिन्–
केही दिन अगाडि केपी शर्मा ओलीले सदनमा बोल्ने क्रममा जनयुद्धका क्रममा घाइते भएकाहरुलाई यदि उपचार पाउनु भएन भने मेरो पार्टी कार्यालयमा आउनु भन्नुभयो । मलाई के याद छ भने उहाँसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुरमा तामाङहरु कहाँ छन् सायद उनलाई थाहा छ ? त्यसैगरी धर्मप्रसाद घिमिरे हिजो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । उहाँ गम्भीर बिरामी हुँदा प्रधानमन्त्री (त्यतिबेला केपी ओली नै प्रधानमन्त्री) समक्ष उहाँको परिवारले आर्थिक सहायताका लागि अनुरोध पनि गर्यो तर हात लाग्न सकेन । उनको उपचार अभावले निधन हुन पुग्यो । त्यो भन्दा गम्भीर स्थिति डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो ? म यो जान्न चाहन्छु । तर आज उहाँ जनयुद्धका क्रममा घाइते भएकाहरुलाई मेरो पार्टी कार्यालयमा आउ भन्दै हुनुहुन्छ ।’
संसदमा सम्बोधनका क्रममा ओलीले के भनेका थिए–
नीति कार्यक्रममा द्वन्द्व पीडितको पनि कुरा गरिएको छ । द्वन्द्व पीडितलाई सम्मान ! पहिलो कुरो द्वन्द्व पीडितलाई न्याय दिनुस् । तपाईले बुट्टे खादा ओढाइदिएर, अल्मल्याउन खोजेको द्वन्द्व पीडितहरुलाई ? घाइतेहरुको उपचार गराउँछु भन्नुस् न । छातीमा गोली लागेकाहरूको गोली निकाल्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने शरीरमा गोली भएकाहरुलाई एमालेको थापाथली पार्टी कार्यालयमा पठाइदिनुस्, म गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण