‘इन्डियन आइडल’ को ठाउँमा ‘द कपिल शर्मा शो’ प्रसारण
चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि टेलिभिजनमा प्रसारण हुने भएको छ । गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को स्थानमा यो शो प्रसारण हुने भएको हो । शो को पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न पाउनेछन् ।
पछिल्लो केही दिनदेखि शोको पहिलो गेष्ट अक्षयकुमार रहने समाचार बाहिर आएको थियो । तर अहिले भने शोमा पहिलो गेष्टको रुपमा अजय देवगन देखिने भएका छन् । अजय देवगणको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ १३ अगष्टमा रिलिज हुँदैछ । सोही कारण पनि उनी गेष्ट बन्न लागेका हुन् । कपिलले पहिलो एपिसोड प्रसारण अगाडि ४ भाग समेत तयार गर्दैछन् ।
कपिलले हालै सामाजिक सञ्जालमा शोको सेटका केही तस्बिर शेयर गरेका छन् । जसमा १० स्टार किराना पसल, होटल चिल प्यालेस र बैंक आफ बगोडा जस्ता बिषय सेटमा समेटिएको देख्न सकिन्थ्यो । फिल्म ‘भुज’ प्रचारका लागि शोमा अजय देवगनको अलवा नोरा फतेही, एमी विर्क र शरद केलकर समेत देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण