जाजरकोट र सल्यानमा ३ जनाको शव फेला
शुक्रबार, २९ साउन २०७८, २१ : ३६
जाजरकोटमा धान गोड्न भनेर घरबाट गएका दुई जनाको शव खोला किनारमा फेला परेको छ । जाजरकोट प्रहरीका अनुसार कुशेका जितबहादुर थापा र साइमल कामी मृत अवस्थामा भेटिएका हुन् । उनीहरु पाँच दिनअघि धान गोड्न भन्दै घरबाट निस्किएका थिए ।
दुवै सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा शुक्रबार स्थानीय सरुगाड भन्ने खोलाको किनारमा दुवैको शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उता, सल्यानमा पनि एक जनाको शव भेरी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।
वनगाड कुपिण्डे नगरपालिका–१ अन्तर्गत भेरी नदीमा शव भेटिएको हो । प्रहरीले उक्त शव दुई हप्ता अघिको हुन सक्ने अनुमान गरेको छ । मासु कुहिएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण