मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोट र सल्यानमा ३ जनाको शव फेला

शुक्रबार, २९ साउन २०७८, २१ : ३६
शुक्रबार, २९ साउन २०७८

जाजरकोटमा  धान गोड्न भनेर घरबाट गएका दुई जनाको शव खोला किनारमा फेला परेको छ । जाजरकोट प्रहरीका अनुसार कुशेका जितबहादुर थापा र साइमल कामी मृत अवस्थामा भेटिएका हुन् । उनीहरु पाँच दिनअघि धान गोड्न भन्दै घरबाट निस्किएका थिए ।

दुवै सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा शुक्रबार स्थानीय सरुगाड भन्ने खोलाको किनारमा दुवैको शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उता, सल्यानमा पनि एक जनाको शव भेरी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।

वनगाड कुपिण्डे नगरपालिका–१ अन्तर्गत भेरी नदीमा शव भेटिएको हो । प्रहरीले उक्त शव दुई हप्ता अघिको हुन सक्ने अनुमान गरेको छ । मासु कुहिएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप