नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव
शुक्रबार, २९ साउन २०७८, २१ : ४४
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।
उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण