वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।
उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए ।
‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए ।
‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ । उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण