कर्णालीमा कोभिड : कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ८५५
कर्णाली प्रदेशमा शनिबार थप ११५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। १३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ७० जना र २२१ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
यो सँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ३१ हजार ८५५ पुगेको छ। शनिबार सबैभन्दा धेरै सुर्खेत जिल्लामा ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यस्तै कालिकोटमा २५, रुकुम पश्चिममा १९, जुम्लामा १५, जाजरकोटमा १२, दैलेखमा ५ र मुगुमा २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।
कर्णालीमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या उकालो लाग्दो छ । यस्तै शनिबार ८५ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्।
यो सँगै प्रदेशमा कुल सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या २९ हजार १०७ रहेको छ भने प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पुन बढेर ९७७ मा उक्लिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणका कारण कर्णालीमा कसैले ज्यान गुमाएका छैनन्। कर्णालीमा हालसम्म आरटी–पीसिआर विधि र एन्टिजेन विधिबाट गरी एक लाख ६७ हजार ०८७ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्का बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण