जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे ।
शनिबार जसपा महन्थ ठाकुर पक्षको वागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पहिचानका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिए । अहिलेको संघीयता पहिचानको आधारमा नरहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउनका लागि संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । यसअघि आफूहरु विशेष परिस्थितिमा सरकारमा गएको बताउँदै उनले सरकारलाई चाँडो पूर्णता दिएर कोभिड–१९ का लागि खोप उपलब्ध गराउन पनि माग गरे ।
ठाकुरले जसपा नेपाल उत्पीडनमा परेका जनताको पहिचानका लागि संघर्ष गरिरहेको हुनाले त्यसलाई कमजोर नठान्न पनि आग्रह गरे । उनले भने–‘जसपामा जनताहरु संगठित हुँदैछन्, चाँडै नै पहिचानका लागि संघर्षको सुरुवात हुन्छ ।’ ठाकुर पक्षका अर्का नेता शरतसिंह भण्डारीले पनि जसपा आफुहरुले बडो दुःखले बनाएको बताउँदै यसमा अरुले दावी गर्न नमिल्ने धारणा राखे । जसपा संघर्षका लागि जन्मेको पार्टी भएको र यसले संघर्षको यात्रा तय गरिसकेको बताउँदै उनले उत्पीडनमा परेका समुदायको हक अधिकारका लागि सङ्घर्षरत रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण