आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अटोमोबाइल व्यवसायीद्वारा मौद्रिक नीतिको स्वागत

आइतबार, ३१ साउन २०७८, १२ : ५१
आइतबार, ३१ साउन २०७८

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले मौद्रिक नीतिको स्वागत गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था अटोमोबाइल व्यवसायीहरुलाई राहत स्वरुप आएको बताएका छन् ।

नाडाले भनेको छ, ‘मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदमा कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत राख्दै सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ भनिएको छ ।

यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ । मौद्रिक नीतिमा कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेसँगै यो क्षेत्रलाई केहि राहत मिलेको छ ।’

त्यसैगरी, नाडाले कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन÷मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाएसँगै यसले विपन्न बर्गलाई सवारी साधन खरिदगरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई मिल्ने पनि नाडाले जनाएको छ ।

त्यसैगरी नाडाले मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई/ईक्यूआई वा अन्य साँवा व्याज भुक्तानी गर्न नसकेको ग्राहकहरुको वित्तीय स्थिति बंैक तथा वित्रीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरेसँगै व्यवसायीमा राहत महसुस भएको जनाएको छ । 

नाडाले मौद्रिक नीतिको समग्र रुपमा मूल्याङ्कन गर्दा देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रुपमा देखिएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप