क्रान्तिकारी पार्टी निर्माण अहिलेको आवश्यकता हो : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण गर्नु रहेको बताएका छन् । त्यस्तो क्रान्तिकारी पार्टी बन्न सक्ने आधार माओवादीमा रहेको उनको विश्लेषण छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई आइतबार सम्वोधन गर्दै गर्दै नेता श्रेष्ठले ऐतिहासिक जनयुद्ध, जनसंघर्ष र परिवर्तनको नेतृत्व गरेको हुनाले माओवादी पार्टीले क्रान्तिकारी कार्यभार पूरा गर्न सक्ने बताए ।
समाजवादी क्रान्ति हाँक्न सक्ने पार्टी बनाउनका लागि वैचारिक समस्या मुख्य रहेको भन्दै श्रेष्ठले पार्टीको शुद्धीकरणमा जोड दिए । अहिलेको कार्यभार दुईवटा रहेको बताउँदै श्रेष्ठले क्रान्तिकारी पार्टी निर्माण र प्रतिगमन विरोधी गठबन्धन सरकारलाई उपलब्धिमूलक बनाउने दुईवटा कार्यभार पूरा गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीति प्रतिवेदन मूलतः सही रहेको बताउँदै एमालेसँगको एकताका क्रममा प्रक्रियागत कमजोरी भए कि भन्नेबारे समीक्षा गर्नुपर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण