‘कपिल शर्मा शो’ को रिलिज मिति तोकियो, पहिलो एपिसोडको पाहुना अक्षय–अजय
सोमबार, ३२ साउन २०७८, १० : १३
भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।
कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् । धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् ।
प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो प्रशारण हुने जानकारी गराएका छन् । शोमा अर्चन पुरण पनि आउने भएकी छन् । यस शोमा सुदेश लहिरी पनि देखिने भएका छन् । शोमा कृष्णा र सुदेशको जोडी देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण