जनतामा सरकारप्रतिको भ्रम तोडियो : प्रमुख सचेतक भट्टराई
सोमबार, ३२ साउन २०७८, १६ : ३१
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटट्राईले संसदको जन्मदाता नै ठान्ने सत्तापक्षको भ्रम तोडिएको बताएका छन् । नेता भट्टराईले एक महिनासम्म संसद चल्दा न कुनै विधेयक पास गर्न सकेको न कुनै अध्यादेशमाथि नै छलफल हुन सकेको भन्दै संसदको जन्मदाता हुँ भन्नेहरुले जनतामा छरेको भ्रम तोडिएको बताए ।
‘न एउटा विधेयक पास गरे ? न एउटा अध्यादेशमा छलफल गरे ? न कुनै एउटा विषयमा कुराकानी हुन सक्यो ? खाली समवेदना मन्तव्य राखेर संसदको अधिवेशन चलाएर बन्द गरे’, भट्टराईले रातोपाटीसँग भने, ‘संसदको जन्मदाता नै हामी हौ झै गर्थे, संसद परमादेशबाट आयो पनि । तर न संसद चलाए न सरकार चलाए ।’ त्यस्तै उनले परमादेशबाट आएको सरकारबाट यो भन्दा धेरै गर्छ भन्ने आशा नभएको पनि बताए । ‘आशा त थिएन तर जनता र केही मान्छेका बीचमा रहेको भ्रम आजबाट तोडियो’ भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने